काठमाडौं, (नेस)
निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार गरेको थियो।
निर्वाचन आचारसंहिता, मन्त्री, स्थानीय निकाय⁄तह, स्थानीय निकाय⁄तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मीहरूमा लागू हने आयोगले जनाएको छ।
त्यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेको व्यक्तिमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।
त्यसैगरी उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति भदौ २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।











प्रतिक्रिया