सुप्रिम सहकारीको आम्दानी चार करोड

0
Shares

 

काठमाडौं, (नेस)
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा सम्पन्न भएको छ। संस्थाका जेष्ठ सदस्य पुतली ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो सभामा डिभिजन सहकारी कार्यालय, ललितपुरका वरिष्ठ सहकारी अधिकृत बलराम निरौला, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामशरण शर्मा घिमिरे मन्तव्य राख्नु भएको थियो।

संस्थाले आव २०७३⁄७४ मा ९०५ जना सदस्यबाट ४ करोड ३१ लाख ३६ हजार शेयर पुँजी संकलन, १ हजार ७९७ बचत खातामा निक्षेप २३ करोड ६ लाख ८८ हजार संकलन रहेका जनाएको छ। त्यस्तै १२६ जना सदस्यलाई २२ करोड ३३ लाख ९१ हजार १ सय जनालाई कर्जा लगानी गरेको छ। संस्थाको कुल आम्दानी ४ करोड २४ लाख ५४ हजार ३ सय र कुल खर्च ३ करोड ३८ लाख ३२ हजार ८ सय भई ८६ लाख २१ हजार ५ सय खुद नाफा भएको भएको जनाएको छ।

संस्थामा साधारण जगेडा कोष, कर्जा एवं लगानीमा जोखिम कोष तथा अन्य कोषमा गरी जम्मा१ करोड १८ लाख ९५ हजार रहेको संस्थाले जनाएको छ।