टोस्टमास्टर्स तालिम सम्पन्न

0
Shares

 

काठमाडौं, (नेस)
नेपालका ८ टोस्टमास्टर्स क्लब टेकुमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको भवनमा आयोजना गरेको क्लब अफिसर तालिम कार्यक्रममा सहभागी भएका छन्। पहिलो डिस्ट्रिक्ट स्पोन्सर्ड तालिम कार्यक्रमको अध्यक्षता डिस्ट्रिक्ट डाइरेक्टर, डीटीएम पल्लव बर्माले गर्नुभएको थियो।

करिब ३५० सदस्य ८ वटा टोस्टमास्टर्स क्लबमा रहेका छन्, जसले नियमितरूपमा सार्वजनिक वक्तव्यको अभ्यास नियमित रूपमा गर्दै आएका छन्।टोस्टमास्टर्स क्लब इन नेपाल विश्वभर १४२ मुलुकमा रहेका १५,९०० टोस्टमास्टर्स क्लबको अंगको रूपमा रहेको छ। टोस्टमास्टर्स इन्टरनेसनल सञ्चार तथा नेतृत्वदायी विकासको क्षेत्रमा विश्वको प्रमुख संस्था हो।