महासंघ अध्यक्षमा चौतारीबाट कोइराला

0
Shares

 

काठमाडौं, (नेस)
नेकपा एमाले निकट प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न २५औं महाधिवेशनमा आफ्नातर्फबाट पत्रकार तीर्थ कोइरालाई अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ। यहाँ सोमबार आयोजित कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघलाई थप व्यावसायिक र साझा बनाउन कोइरालालाई आफ्नोतर्फबाट अघि सारिएको घोषणा गर्नुभयो।