अनिल खत्री,गुल्मी ।
गुल्मी रहेको स्थानीय तहको गाउँपालिका केन्द्रमा मोवाइल फोनले काम नगर्दा सञ्चार बिहन रहेको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालीकाको केन्द्र पूर्तिघाटमा सञ्चारले कामै नगर्नाले सम्पर्क बिहन रहेको छ ।
केन्द्रमा भएका गतिबिधिहरु सहज रुपमा थाहा पाउन कैर्यौ दिन लाग्ने गरेको छ । जिल्ला भित्रका सडक सुचारुको अबस्थामा मात्र सदरमुकाम तम्घासबाट करिव ५ घण्टा पछी मात्र उक्त स्थानमा पुग्न सकिन्छ ।
जिल्ला भित्रका सड्क बन्द भएको अबस्थामा गुल्मी हुँदै पाल्पाबाट स्याङजा भएर उक्त स्थानमा पुग्न सकिन्छ । जिल्ला शिक्षाका केही सुचनाहरु पाउनका लागि पनि हप्तौ सम्म लाग्ने शिक्षक राम प्रसाद पराजुलीले बताए ।
टाडाबाट अध्यापन गराउन आउने शिक्षकहरुले घरमा सम्पर्क हुन नसक्दा घरमा के भएहोला र मेरो परिवारमा के भएको छ भन्ने चिन्ताले सताउने गरेको बताउछन् ।
घाम लागेको समयमा कहिले काँही सिडीएमए फोनले काम गर्छ तर बर्षा यामको समयमा घाम पनि लाग्दैन सम्पर्क बिहिन हुनु पर्ने स्थानियहरुको भनाइ रहेको छ ।
कहिलेकाहीँ त कहाँ फोनले काम गर्छ कि भन्दै डाडा खोज्दै जानु पर्ने अबस्था रहेको स्थानीय रुद्र पाण्डेयले बताए ।
कालिगण्डकी गाउँ पालिका हर्मिचौर १ देउराली माध्यमिक बिधालयका स्थानीय शिक्षक प्रेम पाण्डेले भने ‘गाउँपालिकाको केन्द्रमानै फोनले काम नगर्दा केन्द्रमा भए गरेका गतिबिधिहरु थाहा पाउन सकिने अबस्था छैन् ।’
दैनिक केन्द्रमा भएगरेका सुचनाहरु आदान प्रदान गर्न नसकिएको उनले बताए । कालिगण्डकी गाउँपालिकका प्रमुख बेद मगर थापाले यस बिषयमा आफूलाई जति सक्दो छिटो समाधान गर्ने तर्फ लागेको बताए ।
वर्षातले मोवाइल फोनको टावर निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि पाल्पाबाट प्राबिधिकको टोली आई जडान गर्ने ढिलाई भएको छ । असार १४ मा भएको दोस्रो स्थानीय तहको निर्वाचनको मतमगणनाको नतिजा बाहिर आउन अधिक समय लागेको थियो ।
नेपाल टेलीकम गुल्मीका प्रमुख उमानाथ पोखरेलका अनुसार कालिगण्डकी गाउँपालिका केन्द्र रहेको पूर्तिघाटमा टेलीफोन सम्पर्क नहुने समस्या पहिलेदेखीनै रहेको बताए । पोखरेलका अनुसार २ बर्ष अघिनै ठेकेदारले काम सक्याउनुपर्ने बताए ।
केन्द्रबाटनै टेन्डर भएकाले यस बारेमा आफू त्यति जानकारी नभएको उनको भनाइ रहेको छ । त्यसको बारेमा क्षेत्रलाई आफनो र गुल्मी कार्यलयको तर्फबाट बारम्वार जानकारी गराएको पोखरेलले जानाकारी दिए ।











प्रतिक्रिया