बर्षाले नवलपरासीको जनजीवन अस्तब्यस्त,पश्चिम गण्डक नहर बन्द,दाउन्नेमा एकतर्फी बाटो खुल्यो

0
Shares

घनश्याम बगाले,नवलपरासी ।
लगातारको भारी वर्षादका कारण जिल्लाको जनजीवन आईतबार पनि अस्तब्यस्त बनेको छ । बर्षाद र बाढीका कारण जिल्लाका सयौं घर डुवानमा परेकाछन् ।

तिन दिन देखि अवरुद्ध दाउन्ने पहाड स्थित पूर्व पश्चिम मुख्य राजमार्ग डाईभर्सन खोलेर एकतर्फी खुलेको बर्दघाट प्रहरीले जनाएको छ ।

बाटो एक तर्फी खोलिए पनि पटक पटक सडक भासिने, पहाडबाट पहिरो तथा रुखहरु ढल्ने क्रमपनि जारि रहेका कारण यात्रा जोखिम पूर्ण वनिरहेको कपिलबस्तुबाट कावासोती आउने यात्रु धर्म बस्यालले बताउनु भयो ।

नारायणी नदीमा आएको कारण भारतले नेपाली भूभाग हुदै उत्तर प्रदेश तर्फ लगेको पश्चिम गण्डक नहर बन्द भएको छ ।
्र
प्रतापपुर र रानीनगर विचको क्षेत्रमा नहर भासिन लागे पछि स्थानीयको अनुरोधमा भारतले नहर वन्द गरेको हो ।

नहर वन्दहुदा जिल्लाको एक मात्र गण्डक पावर हाउस पनि बन्द भएको छ । गण्डक ब्यारेजका ३६ मध्य २४ ढोका खुल्ला गरिएको छ भने नारायणी नदीमा २ सय ७५ क्यूसेक पानी बगेको र खतरा सुचक नजिक पुग्न लागेको बताईएको छ ।

नदीले बगाई ल्याएको गैडा गाउँमा पस्यो
यसै वीच नारायणी नदीको वहावमा परी चितवन राष्टिय निकुन्जबाट गैडा, हरिण, बदेल लगायतका विभिन्न जंगली जनावर बग्दै आएको नर्सहीका स्थानीयले बताएकाछन् ।

सोही क्रममा नारायणी नदीमा बग्दै आएको दूर्लभ एक सिंगे गैडा नसर्ही स्थित १७ नं. ठोक्कर नजिकबाट नेपाल तर्फलस्थानीय उखुबारीमा पसेको बताईएको छ । सो कुराको पुष्टी स्थानीय प्रहरीले गरेको छ ।
यसैगरी भारी वर्षादका कारण स्थानीय खोला तथा नारायणी नदीमा पानीको सतह बढेका कारण जिल्लाका विभिन्न गाउका घरहरु ड्वान मा परेका छन् ।्र

नारायणी नदीको पानीले स्थानीय कावासोती नगरपालिका वडा नम्वर १७ अमलटारी र ब्रम्हस्थानका करिव डेढ दर्जन घर र केही रिर्सोटहरमा पानी पसेको स्थानीयले बताएकाछन् ।

नारायणी नदी किनारका कति पयमानिसलाई उनीहरुका घरपालुवा जनावर सहित सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको दक्षिणी तराई क्षेत्रका गाउहरुमा पनि डुवान भएको बताइएको छ ।