चिनियाँ उपप्रधानमन्त्री नेतृन्वको टोली नेपाल आउँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छन् । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

साँझ ६ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।

६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।

चीनले हालैका वर्षमा नेपालको व्यापार, पर्यटन, कनेक्टिभिटी र उद्योगमा लगानी बढाएको छ ।

चिनियाँ टोलीका मुख्य सहभागीहरू

१) जियाङ जेलिन (डेपुटी सेक्रेटरी जनरल, स्टेट काउन्सिल

२) वाङ सियोताओ (भाइस मिनिस्टर अफ नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन)

३) यु जियानहुवा (भाइस मिनिस्टर अफ मिनिस्ट्री अफ कमर्स )

४) कोङ सुन्यायु (असिस्टेन्ट मिनिस्टर अफ फरेन अफेयर्स )

५) गु वे (असिस्टेन्ट मिनिस्टर अफ रिसर्च अफिस अफ स्टेट काउन्सिल )

६) सु चाङ (कमिस्नर,सेकेन्ड सेक्रेटेरियट, जनरल अफिस अफ दि स्टेट काउन्सिल )

७) वाङ जियाङगुई (डाइरेक्टर जनरल, डिपार्टमेन्ट अफ डेभलपमेन्ट स्ट्राटेजी)

८) लि सियाङचुन (सेक्रेटरी टु भाइस प्रिमियर)

९) हाउ यान्की (डेपुटी डाइरेक्टर जनरल, डिपार्टमेन्ट अफ एसियन अफेयर्स)

१०) वाङ सिनिङ ( डेपुटी डाइरेक्टर जनरल, इन्मर्फेसन डिपार्टमेन्ट)

प्रतिक्रिया दिनुहोस्