बिलिङ मेसिन नजोड्ने सयभन्दा बढी ट्याक्सी ट्राफिकको नियन्त्रणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।

व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कारवाही सुरु गरेका छन् ।

ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम झण्डै ३५ सय ट्याक्सीले जोडेका छैनन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् ।
यसविरुद्ध महाशाखाका डिआईजी सर्वेन्द्र खनालको अग्रसरतामा अभियान सुरु भएको हो । शनिबारबाट त्यस्ता बिलिङ मेसिन नजोड्ने ट्याक्सी नियन्त्रणमा लिन थालेको महाशाखाले जनाएको छ ।

त्यस्ता ट्याक्सी चालक र ब्यवसायीलाई महाशाखामा उपस्थित गराएर नापतौल विभागका कर्मचारी र मेसिन जोड्ने एजेन्टसँग तत्कालै जोड्ने सम्झौता गरेर छाडिँदैछ । हालसम्म सयभन्दा बढी ट्याक्सीलाई ट्राफिकले नियन्त्रणमा लिएर कारवाही गरिसकेको बताइएको छ ।