महान्यायाधिवक्ता रमण श्रेष्ठले दिए राजीनामा


नेपाल समाचारपत्र, काठमाडौ ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन्।महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री शेरबहादुर  देउवा समक्ष आज राजीनामा पत्र बुझाएका हुन्।

श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा महान्यायधिवक्तामा गतवर्ष साउनमा नियुक्त भएका थिए। महान्यायाधिवक्ता हुनुभन्दा अगाडि उनी नेपाल बार एशोसियसनका पूर्व महासचिव थिए।

सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन भएपनि श्रेष्ठले राजीनामा दिएका थिएनन् । उनले प्रधानमन्त्रीको आग्रह अनुसार नै आफूले राजीनामा नदिएको बताउँदै आएका थिए।