चितवनको पर्यटकीय नगरी सौराहामा बाढी पस्दा होटलहरु डुबानमा, पर्यटकको रुवाबासी


नेपाल समाचारपत्र, चितवन ।
चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदी पसेको छ। राती ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि सुरुमा नदी किनारको होटल, रेष्टुरेन्टहरु डुबाएको थियो।

पछि विस्तारै राप्तीको सतह बढेपछि सौराहाका दर्जन बढी पब रेष्टुरेन्टहरु समेत बाढीले डुबाएको छ ।

बाढीको कारण सौराहाको पब रेष्टुरेन्टमा पार्किङ्ग गरिराखेका कारहरु समेत बगाएको व्यवसायीहरुले बताएका छन्।

सौराहाको डुवानमा परेका होटलहरुले पर्यटकहरुलाई माथिल्ला कोठाहरुमा शिफ्ट गरिरहेका छन्।

सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।