कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?


 नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ। रासस