प्रचण्ड–बाबुरामबीच भेटवार्ता

0
Shares

 

काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच पार्टी एकीकरणको विषयमा दुई घण्टा भेटवार्ता भएको छ। नयाँ शक्तिमा रहेका नेताहरू धमाधम माओवादीमा फर्किन क्रम शुरू भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादीका अध्यक्ष प्रचण्डले संयोजक भट्टराईलाई पार्टी एकीकरण गरेर नै अगाडि बढ्न आग्रह गर्नुभएको छ।

अप्रेसनपछि आराम गरेर बस्नुभएका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार टोखास्थित भट्टराईले आराम गरेको निवासमा नै पुगेर विभाजित भएर माओवादी शक्ति कमजोर भएकाले एकीकरण गरेर नै बाँकी कार्यभार पूरा गर्न आग्रह गर्नुभएको थियो। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले प्रचण्ड र भट्टराईबीच भएको छलफलमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताउनुभयो।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रतिक्रिया दिनुभएको थियो।