दाङमा दुइको मृत्यु, सडक अवरुद्ध



नरेन्द्र केसी, दाङ । अबरिल बर्षातका कारण पश्चिम दाङमा ठूलो धनजनको क्षेति पुगेको छ । दाङमा घर भत्कदा एक र खोलामा बगेर एक जनाको मृत्यु भएको छ ।

 

तुईखोलामा आएको बाढीका कारण तुलसीपुर उपमहानगरपालिका १३ सिमलखुटीमा डुबानमा परेको घर भत्कदा च्यापिएर ४८ बर्षिया भगवती सुनारको मृत्युभएको छ । मृतक सुनारको शव पोष्टमार्टमका लागि राप्तीअंचल अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

 

त्यस्तै खोला तर्ने क्रममा तुलसीपुर उपमहानगरमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर ७ मा रहेको बेतनेखोला तर्ने क्रममा तुलसीपुर ४ जितपुरका ५८ बर्षीय नरबहादुर रावतको मृत्यु भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

तुलसीपुर घोराही सडक अवरुद्ध
बर्षातका कारण तुलसीपुर –घोराही सडक खण्डको मोतिपुरमा बाढीले ह्युमपाइप सहित सडक कटान गर्दा विहानै देखि सडक अबरुद्ध बनेको छ । दैनिक एक हजार बढी सवारीसाधन होरदोहर गर्ने सडक बाढिले कटान गर्दा यात्रुहरुले शनिबार दिनभर हैरानी खेप्नु परेको छ ।

 

त्यस्तै बबई नदिमा आएको बाढीले सोनापुर सिमेन्ट उद्योगका लागि बबई नदिको ढिकढिकै लाइनविस्तारका लागि गाडेका सर्यौ पोलहरु पनि ढालेको छ । हापुरे सवस्टेसनबाट सोनापुर सिमेन्टका लागि लाईन विस्तार गर्न केहिमहिना अघि मात्रै पोलहरु गाडिएका थिए । त्यसैगरी बबई नदिमा आएको बाढीका कारण अबरुद्ध राप्तीराजमार्ग अन्र्गत तुलसीपुर शितलपुर सडक खण्ड दिउसो १२ बजेपछि खुलेको थियो । नदिमा बहाव घटेपछि सवारीसाधन संचालनमा आएका हुन् ।

 

त्यसैगरी दंगीशरण गाउँपालिका वडा नम्बर १ मा ४३ वटा घरगोठ भत्कीएको इलाका प्रहरी कार्यालय तुलसीुरका प्रहरी नायब निरीक्षक विवेक शाहले जानकारी दिनुभयो । यता तुलसीपुर उपमहानगरपालिका ८ दुधेना स्थित चमीखोलामा आएको बाढी, कुखुरा फर्ममा पस्दा करिब ३ लाख बढिको क्षेति पुगेको छ ।

 

त्यस्तै पश्चिम दाङको बबई गाउँपालिका ७ बबई नदिमा निर्माधीन पुलको निर्माण सामाग्री बाढीले बगाउदा ३ करोड बढिको क्षेति पुगेको छ । बाढीले क्रसरमेसीन , एउटा स्काभेटर र दुईवटा जेसीवी, सिमेन्ट र छड, गीट्टीबालुवा सवै बगाएको बताइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केहि महिना अघि देखि सो क्षेत्रमा लुम्बीनी कन्ट्रक्सनले काम गर्दै आएको थियो ।

बर्षातले सर्यौ विघाहा क्षेत्रफलमा लगाएको मकैबालीमा क्षेति पु¥याएको छ । मोतिपुर, उरहरी, बेलटाकुरा, टरीगाउँ, जसपुर, लगाएतका स्थानमा सयौंविघाह जमिनमा लगाको मकैबाली ढल्दा किसानहरु चिन्तीत भएको वडा नं १२ नम्बर वडा अध्यक्ष श्याम डाँगीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्