नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर कर्मनाशा खोलामा आएको बाढीका कारण ललितपुरको हात्तीवन क्षेत्र डुवानमा परेको छ ।
शुक्रबारदेखि अविरल वर्ष भएसँगै कर्मनाशा खोलामा बाढी आएपछि ललितपुरको हात्तीवन क्षेत्रका स्थानीयको घरमा बाढी पसेको छ भने मानिसहरु घरका छतमा र सुरक्षीत स्थानमा गएका छन् ।
खोला नजिक रहेका विद्यालयहरुमा पूर्ण रुपमा पानी पसको छ । घरहरुमा समेत ४ फुटसम्म पानी पसेको छ ।
हात्तीवनमा रहेको मेरो सिटी अपार्टमेन्टले बनाएको पुलले पानीको प्रवाह रोकेपछि आसपासका अन्य घरहरुमा पानी पसेको छ । उक्त पुल मापदण्ड विपरित बनेको कारण समस्या आएको स्थानीयले आरोप लगाए ।
ललितपुर महानगरपालिकाको डोजरले मेरो सिटी हाउजिङले बनाएको पुलले बहाव छेकेपछि त्यसलाई खोल्ने प्रयास गरिरहेको छ ।











प्रतिक्रिया