नेपाल समाचारपत्र, पाँचथर
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन ।
यसैगरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् ।
यता हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया