स्वर्गद्धारी गुरुयोजना अलपत्र

0
Shares

सलिम अन्सारी ,प्युठान
पवित्र तिर्थस्थल स्वर्गद्धारी केन्द्रित गुरुयोजना अलपत्र परेको छ । स्वर्गद्धारीको बिकासका लागि ७ बर्ष अगि नेपाल सरकारले तयार गरेको स्वर्गद्धारी गुरुयोेजना अलपत्र परेको हो । सरकारी गुरुयोजना नै अलपत्र हुदाँ स्वर्गद्धारीको पर्यटन बिकासमा बाधा पुगेको छ ।

नेपाल सरकार सहरी बिकास तथा भवन निर्माण बिभाग, भौतिक बिकास निमार्ण पुवारधार बिकास आयोजनाले तयार पारेको उक्त आयोजना कार्यान्वयन नभएपछि अलपत्र परेको हो ।
जिल्लाको स्वर्गद्धारीधामको पर्यटन पुर्बाधार बिकासका लागि तयार स्वर्गद्धारी आश्रमको गुरुयोजना पर्यटन वर्ष सन् २०११ को अबसरमा कार्यान्यन गर्ने भनिएको थियो । सरकारले बजेट बिनियोजन नगरिदिदा योजना कार्यान्वयन हुन नसकेको हो ।

तीन चरणमा काम हुने गरि कुल ३४ करोड ९ लाख रुपैया लागतको निमार्ण सहितको पन्ध्र बर्षे गुरुयोजना तयार पारिएको थियो । सरकारले गुरुयोजना अनुसार बजेट नछुट्टाएकाले स्वर्गद्धारी गुरुयोजनाको कार्यान्वयन हुन नसकेको स्वर्गद्धारी आश्रम प्रमुख बासुदेव भट्टराईले बताए । स्वर्गद्धारीको बिकासका लागि भन्दै सरकारले सपना देखायो, उनले भने “सरकारले बजेट छुट्टाएन ।”

गुरुयोेजना सडक, यातायात, खानेपानी, विद्युत, ढल निकास, फोहोरमैला व्यवस्थापन लगाएतका काम गरिने उल्लेख छ । यहाँको ग्राफिक्स नक्साङ्कन समेत गरिएकोमा गुरुयोजना निमार्णपछि प्राथमिकताका आधारमा सरकारले बजेट बिनियोजन नगरेकाले गुरुयोजना कार्यान्वयन नहुदै थला परेको छ ।

गुरुयोजना अनुसार नै नया भौतिक पुर्बाधार निर्माण र पुरानोको जिर्णेधार गर्ने भएपनि बजेट नआएपछि काम हुन नसकेको हो ।

शहरी बिकास तथा भौतिक पुर्बाभार क्षेत्र आयोजनाले आर्थिक वर्ष २०६८/०६९ बाटै भौतिक पुर्बाधारको काम सुरु गर्ने भनेको थियो । गुरुयोजना अनुसारको बजेट बिभागबाट नै नआएकाले काम हुन नसकेको शहरी बिकास तथा भवन डिभिजन कार्यालय रोल्पाका प्रमुख इश्वरराज जोशिले बताए ।

उनका अनुसार सरकारले बर्षेनि ५ लाखका दरले रकम पठाएपनि सरकारले पठाउने रकमबाट गुरुयोजनाधको काम गर्न नसकिने जिकिर गरे । गुरुयोजना कार्यान्वयनका लागि सरकारले विशेष कार्यक्रम नै बनाएन । उनले भने “बजेट अभावले व्यबस्थित बिकास नहुँदा स्वर्गद्धारी आउने पर्यटक सन्तुष्ट्र हुन सकेका छैनन् ।