पुर्वराज्यमन्त्री लगाएत कांग्रेस नेता कार्यकर्ताले गरे कार्वाहीको प्रतिबाद

0
Shares

धनवीर दाहाल रुकुम ।
नेपाली कांग्रेस रुकुमले पार्टीलाई स्थानीय तह निवार्चनमा हराउन भुमिका खेलेको आरोप लगाउँदै केही दिन पहिला पुर्व सहरी विकास मन्त्री एवं सांसद मिठ्ठु मल्ल, जिल्ला सचिव जनक चन्द लगाएतका नेता कार्यकर्तालाई कार्वाही गरेको बिषयमा सांसद मल्ल लगाएतले खेद प्रकट गरेका छन् ।

शुक्रबार एक बिज्ञप्ती प्रकाशित गरी आफुहरुलाई व्यक्तिगत रिसिबीका आधारमा कलोकल्पीत र निराधार आरोप लगाएकोमा गम्भीर ध्यानआर्कषण भएको बताइएको छ । सो कार्वाही आफुहरुको चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएको बिज्ञप्तीमा उल्लेख छ । गुटका आधारमा पार्टी गतिबिधि गरिरहेको उनीहरुको ठम्याई छ ।
स्थानीय तह निबार्चनमा मनोमानी ढंगले टिकट बितरण गरेको परिणाम अनेपेक्षित नतिजा बेहोर्नु परेको र त्यसको जिम्मा लिनुको साटो पार्टीका इमान्दार नेता कार्यकर्तामाथी अत्यन्तै घृणित आरोप लगाइएको सांसद मल्लको भनाई छ । सांसद मल्ल सहित पार्टी सचिव जनक चन्द, क्षेत्र नं १ का क्षेत्रिय सभापति सुरतजंग मल्ल, जिल्ला कार्यसमिती सदस्य टोपबहादुर खड्का, युवा नेता टेकबहादुर पुन र शिवलाल आचार्यद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ “पार्टी नेतृत्वले गरेको कमजोरीलाई ढाकछोप गर्न आफ्नो गल्ती अरुतिर सार्दै कपोकल्पीत आरोप लगाइएको छ ।”