महानगरपालिकाका कर्मचारी ठेकेदारको पैसामा बिदेश सयर

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । स्थानीय तहको चुनावले वीरगन्ज महानगरपालिका तातिरहेको भएपनि महानगरपालिकाकै कर्मचारीहरु भने चीनको सयर गरिरहेका छन् । खासगरी अहिले अविरल वर्षका कारण बीरगन्ज डुवानमा परेको छ । वीरगन्ज डुबानमा परेपनि कर्मचारीहरु भने मस्तीमा रहेका छन् ।

महानगरका कार्यकारी अधिकृत पिताम्बर अधिकारी सहित योजना अधिकृत प्रकाशमान सिंह अमात्य ,परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठ परियाजेना तर्फका लेखा प्रमुख सुमन श्रेष्ठ परिवार सहित चाइना शयरमा छन् । एडीवीको मझौला शहर एकीकृत शहरी बाताबरणीय सुधार आयोजना अन्र्तगत बीरगंजमा ढल निकासको काम भइरहेको छ । कालीका कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको निर्धारित समय सकिएपनि काम भने उस्तै छ ।

निर्माणको गुणस्तरीयतामा पनि अनेकौ पटक सवाल उठेको छ । कतिपय स्थानमा स्थानीय उपभोक्ताहले काममा रोक समेत लगाएका थिए । एडीवीको ३ अर्व भन्दा बढीको लागनीमा निर्माण कार्य भइरहे पनि निर्धा्रित समयमा योजना सम्पन्न नभएपछि कालिकाले पेनाल्टी तिर्नु पर्ने प्रावधान छ । एक तिर बीरगन्ज डुवानमा छ ।

महानगरवासीको दैनीकी नराम्रोसंग प्रभावित भएको छ । निर्माण कम्पनीले गरेको कामको अनुगमन गर्ने र निर्माणकालागि उपर्युक्त वातावरण बनाउने जिम्मेवारी बोकेको बीरगंज महानगरका अधिकारीहरु भने अर्कोतर्फ चाइना शयर गर्दै छन् ।

वीरगन्जमा एडीबीको काम गरिरहेको कालीका कन्ट्रकसनको लगानीमा गएको सोमवार श्रीमती सहित चाइना उडेका अधिकारीहरु सोमवार फर्किने योजना छ । कर्मचारीहरु बिदेश शयरमा हिडेपछि महानगरपालिकाबाट सम्पादन हुने महत्वपूर्ण कार्य पनि लथालिंग भएको भन्दै नगरवासीहरुले भने आपत्ति जनाएका छन् ।