शहिद कामी बुढाको नाममा पार्क निमार्ण

14
Shares

धनवीर दाहाल, रुकुम । माओबादी आन्दोलनका प्रथम सहिद कामी बुढाको नाममा पार्क निमार्ण गरिएको छ । मुसीकोट नगरपालिका वडा नं. १० खर्सुपानीमा राष्ट्रिय सहिदको नामवाट सहिद पार्क निर्माण गरिएको हो ।

 

जिल्ला विकास समितिको १४ लाख आर्थिक सहयोगमा उक्त पार्क निर्माण गरिएको छ । पार्कमा राष्ट्रिय सहिद कामी बुढाको सालिक, प्याराफिट, मैदान निर्माण गरिएको छ । फुलवारी, खेलकुद मैदान लगाएत गर्न बाँकी भएको सहिद पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र बुढाले जानकारी दिए ।

त्यसका लागि थप रकम आवश्यक पर्ने भएकाले त्यसका लागि पहल भई रहेको अध्यक्ष बुढाले बताए ।
‘सहिद बुढाको सम्झना र सम्मानमा यो पार्क निर्माण गरिएको’ सोही वडाका वडा सदस्य धनवहादुर खड्काले बताए । वडा सदस्य खड्काले भने, ‘कामी बुढा एउटा पार्टी र बिचारका मात्र अगुवा होइनन्’ उनी भन्छन्, ‘बुढा राष्ट्रका अगुवा र नायक हुन् ।’ ‘राष्ट्रले उनलाई चिन्न र उनको जिवनी बारे जानकारी पाउनु पर्छ’ उनले भने ‘त्यसकै लागि सालिक निर्माण गरिएको हो ।’ यतिले मात्र उनको जिवनी नझल्कने उनको भनाई छ ।

सोका लागि अन्य काम गर्ने योजना बनाई रहेको वडा सदस्य खड्काले जनाए । पार्क उनको सम्झना र सम्मान स्वरुप सहिद बुढा जन्मैको गाउँमा निर्माण गरिएको छ । बुढाले २०१० साल देखी कम्युनिष्ट आन्दोलनमा लागेका थिए । यसलाई पर्यटकीय ठाउँमा विकसित गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र बुढाले बताए ।