घुस लिँदै गर्दा गुठी संस्थान काठमाडौंका अध्यक्ष नै पक्राउ

0
Shares

काठमाडौं । गुठी संस्थान काठमाडौं शाखाका अध्यक्ष लेखनाथ सापकोटा घुससहित पक्राउ परेका छन्। अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले घुस लिइरहेको अवस्थामा सापकोटालाई नक्सालबाट पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगले जानकारी दिएको छ ।

सापकोटाले बसन्तपुरको सत्लत निर्माणको लागि २ लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ परेका हुन्।

सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्रहीसँग विभिन्न बहानामा घुस माग गरेको आरोप आयोगले लगाएको छ।