विद्यालयलमा देव, जमुना, सुरेन्द्र स्मृति कोष स्थापना

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।   संखुवासभाको खादवारी स्थित बरुण बहुमुखी क्याम्पस र हिमालय माध्यमिक विद्यालयमा देव, जमुना, सुरेन्द्र स्मृति कोष स्थापनाकालागी आज एक कार्यक्रम विच २ लाख ११ हजार १ सय १० रुपैया रकम हस्तारन्तरण गरिएको छ ।  देव जमुना सुरेन्द्रका परिवारले आज उक्त रकम छुटा छुटै ति विद्यालयलाई हस्तान्त्तरण गरेका हुन ।

देव, जमुना, सुरेन्द्र स्मृति कोषको रकम हिमालय माध्यमिक विद्यालय र बरुण बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापनाकालागी एक विद्यालयलाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाका दरले श्रेष्ठ परिवारले हस्तान्तरण गरेका थिए ।

आफना बुबा देबबहादुर श्रेष्ठ, आमा जमुना श्रेष्ठ र दाजु सुरेन्द्र श्रेष्ठको स्वर्गरोहण भएको र वर्ष दिनको पुन्य अवसरमा उक्त रकम हस्तान्तरण गरिएको हो । स्मृतिकोषको रकम हस्तारन्तरण गदै मेनुका श्रेष्ठ लगायत परिवारले हिमालय माध्यमिक विद्यालयल र बरुण बहुमुखी कयाम्पसमा बुबा आमाले दुख गदै आफुहरुलाई पढाउनु भएको स्मरण गदै उक्त विद्यालय र क्याम्पसमा पनि गरिव र जेहन्दार विद्यार्थी पढीरहेका र आथिक अभावका कारण पढन बाट बन्चित नहुन भन्ने उदेश्यले सहयोगकालागी अक्षयकोष स्थापना गरिएको जानकारी दिनु भयो ।

उक्त रकम अक्षयकोषमा राखी आउने ब्याजबाट वार्षिक रुपमा गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरि छात्रबृती वितरण गरिने जनाईएको छ  ।