वडा अध्यक्ष र स्थानियको विरोधको कारण वडासभा स्थगित

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभा खादवारी नगरपालीकाले आयोजना गरेको वडासभा आज गर्ने भनिएको २, ४, ५, र १० नम्वर वडा सभा वडा अध्यक्ष र स्थानिय वडावासीको विरोधको कारण स्थगित भएको छ । खादवारी नगरपालीकामा वडाको बजेट सार्वजनिक नगरि वडा सभा गर्ने तयारी गरिएकोमा वडा अध्यक्ष लगायत स्थानियवासीले आपत्ति जनाउदै आएका थिए ।

 

खादवारी नगरपालीकाले वडामा बजेट विनियोजन न्युन गर्न खोजेको, वडा कार्यालय स्थापना गर्ने चासो नराखेको लगायत प्रशासनिक खर्च बढाएको विरोधमा वडासभा स्थगित गरिएको वडा नंम्वर ४ का अध्यक्ष संजित राईले बताउनुभयो ।

 

उहाले पटक पटक नगरपालीकाका प्रमुख लगायत कार्यकारी अधिकृत संग छलफल गरि नगरपालीकाको अनुदान रकम र नगरको आन्तरिक आम्दानीबारे पटक पटक आफुहरुलाई जानकारी गराउन माग गरे पनि जनाकारी नपाएको दुखेसो गर्नु भयो । उहाले नगरपालीकाको वडा अध्यक्षलाई बजेटबारे जानकारी नदिनुले अनियमितता हुने उहाले आसंका गर्नु भयो ।

त्यसै गरि वडा नम्वर ५ का वडा अध्यक्ष बमबहादुर घलेले हामी वडा अध्यक्षलाई नै बजेट बारे जानकारी नदिनु कस्तो नियत हो ? प्रमुख लगायत कार्यकारी अधिकृत संग प्रशासनिक खर्च ५ करोड विनियोजन गरिएकोमा घटाउन माग गर्दा बेवस्ता गदै आफु खुसी बजेट विनियोजन गर्न शुरु गरिएपछि वडा सभा स्थगित गर्नु परेको बताउनु भयो ।

 

यसै विच खादवारी नगरपालीकाका ५ जना वडा अध्यक्षले विज्ञप्ती प्रकाशित गदै नगरवासीका सरोकारका विषयमा उठाएका मागलाई बेवस्ता गरेमा वडा सभा स्थगित र नगरपालीका कार्यालय तालाबन्दि गरि ससक्त आन्दोलमा उत्रने चेतावनि समेत दिएका थिए ।