करेन्ट लागेर युवकको मृत्यु

0
Shares

 

लहान, २७ साउन । करेन्ट लागेर आज दिउँसो सिरहाको मिर्चैया नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर सप्तरीको खडक गाउँपालिका–११ घर भई मिर्चैया नगरपालिका–६ स्थित अशोककुमार झाको घरमा डेरा गरेर बस्ने २८ वर्षीय मृगेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरबाट पानी तान्ने क्रममा विद्युत् चुहिएर करेन्ट लागेर घाइते भएका साहलाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चौयाले जनाएको छ । रासस