अनुमति पाएसँगै श्रीले आन्तरिक उडान थाल्यो

0
Shares

नेस, काठमाडौं ।
श्री एयरलाईन्स्ले आज शुक्रबारबाटै आफ्नो व्यवसायीय उडान सुरु गरेको छ । ‘हामीले आजबाट आन्तरीक उडानमा भैरहवा, धनगडी, नेपालगञ्जको उडान भर्नेछौँ ।’ श्री एयरलाईन्स्का करपोरेट म्यानेजर अनील मानन्धरले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो ।
यससँग आन्तरिक उडानमा प्रतिस्पर्धीको रुपमा श्री एयरलाईन्स्ले हात हालेको छ । यो भन्दा अगाडी माउन्टेन फ्लाईट गर्दै आएको थियो । लामो समयको रस्साकस्सीपछि बिहिबार मात्रै सम्बन्धन पाएको एयरलायन्सले हालकै चलन चल्तीको भाडादरमा उडान भर्ने एयरलायन्स्ले जनायो ।
चाँडै नै कम्पनीले अर्काे योजनाका रुपमा अगाडी बढ्ने म्यानेजर मानन्धरले भन्नुभयो । केही समय १ मात्र जहाजले उडान भर्ने र चाँडै ३ जहाजले उडान भर्ने उहाँले बताउनुभयो ।