जाजरकोटमा डाक्टरहरूद्वारा सरकारी कक्ष बहिस्कार

0
Shares

दिपेन्द्र शर्मा, जाजरकोट ।
१८ दिनदेखि चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनमा रहेका डा गोविन्द केसीको समर्थनमा जाजरकोटका चिकित्सकहरूले विहीबार जिल्ला अस्पताल जाजरकोटको सरकारी कक्ष बहिस्कार गरेका छन् । डाक्टर केसीको माग प्रति समर्थन जनाउदै अस्पतालको आँगनमा बसेर डाकटरहरुले बिरामीको चेकजाच तथा उपचार गरेका छन ्।

केसीको अनसनको समर्थनमा डाक्टरहरुले सरकारी छाप भएका पुर्जाहरु पनि प्रयोग नगर्ने र सरकारले तोकेको विरामी पुर्जीको शुल्क पनि नलिएर कापीमा बिरामीको नाम दर्ता र औषधीको सिफारिस लेख्ने काम तथा बिरामीको उपचार गर्ने गरेका छन् ।

डा केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै आफूहरूले डा केसीको समर्थन र सरकारी वेवास्ताको विरोध स्वरुप कालो पट्टी बाधेर यस्तो काम गरेको जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा भुपेन्द्र प्रकाश मल्लले वताए । सरकारबाट डा केसीको माग पुरा गर्ने संकेत नदेखिए अस्पतालका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रने डाक्टर मल्लले बताए । आम चिकित्सा क्षेत्रको सुधार एवम् विकृति अन्त्यका लागि डा केसीको आन्दोलन सफल पार्न आफूहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनले बताए ।