डा. केसीको समर्थनमा सुर्खेतका डाक्टरहरु आन्दोलित

14
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर ।
त्रिवि शिक्षण अस्पताला अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरु पनि आन्दोलित भएका छन ।

केसीको मागप्रति ऐक्यवद्धता जनाउदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यत डाक्टरहरुले दुईदिन दे िहातमा कालो पट्टी बाँधेर विरामीलाई उपचार गरिरहेका छन ।

मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखी डा. केसी अनशनको १७ औ दिनसम्म पनि सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन ।

उनीहरुले तत्काल डा. केसीले उठाएका जायज मागहरु पुरा गरी उहाँको जीवन रक्षा गर्न समेत माग गरेका छन ।
डाक्टरहरुको आन्दोलनको अगुवाई गरेको नेपाल मेडिकल एशोसियसन शाखा सुर्खेतले डा.केसीको माग तत्काल पुरा गर्न आग्रह गरेको छ ।

एशोसियसनले विज्ञप्ती मार्फत सरकारले माग पुरा गर्ने तिर ध्यान नदिदा अन्सनरत डा.केसीको स्वास्थ्य अवस्था विग्रदै गएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसियसनका सचिव डा. नवराज केसीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखी ११ पटक अनसन वस्दा पनि राज्य उदासिन हुनु दुखको कुरा भएको बताउनु भयो ।

डा. केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिए केन्द्रको निर्णय अनुसार सुर्खेतमा पनि स्वास्थ्य सेवा ठप्प पारी कडा कदम चाल्न वाध्य हुने उहाँले विज्ञप्ती मार्फत उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमाआफुहरुको आन्दोलनवाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति दुख पकट गदै डा. केसीले उठाएका मागहरु पुरा गर्नको लागि गम्भिर हुन सरकारको ध्यानाकर्षण गरिएको छ ।