जाजरकोटमा वेवारीसे शव फेला

0
Shares

दिपेन्द्र शर्मा, जाजरकोट ।
जिल्लाको भेरी नगरपालिका ३, तल्लोथाप्लेको बसपार्क छेउमा वेवारीसे शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षको गोरो बर्ण, साडे ५ फिट उचार्इं भएको र सर्ट पाईन्ट लगाएको पुरुष ब्यक्तिको शव फेला परेको हो । वेवारीसे अवस्थामा फेला परेको मृतकको नाम थर वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको निरीक्षक अवस्थीले बताए । घटना बारे अन्य अनुसन्धान भैरहेको उनले जानकारी दिए ।