सरिता चलाउने, सल्यान ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जको लापरबाहीले सल्यानकी एक महिलाको शल्यक्रिया बिग्रीएको छ ।
जिल्लाको बागचौर नगरपालिका १ ठिङबाङकी १९ बर्षिय नितु सुनारको पेटबाट बच्चा निकाल्नको लागी पुस २० गते शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया सफल भए पनि बच्चा निकालेको घाउ सिलाउने क्रममा डाक्टरको लापरबाहीले गर्दा श्रीमती नितुको दिसा पिसाब गर्ने नली काटिएको श्रीमान भोला सुनारले बताएका छन ।
भोलाले भने –“शल्यक्रिया बाट बच्चा निकालेपछि हामीलाई चार दिन पछि टांका खोल्न आउनु भनी त्यहाँबाट पठायो हामी त्यहीदिन नेपालगन्ज ससुरालीमा बस्यौं ।” ससुराली घर पुगेको दोस्रो दिनबाट श्रीमतीलाई अप्ठेरो महसुुस हुदै गएपछि तेस्रो दिनमा नै फेरी अस्पताल पुग्यौं उनले भने । “तेस्रो दिन अस्पताल पुग्दा त्यहां हामीलाई चिन्दैनौं भने जब हामीले यसै अस्पतालमा शल्यक्रिया गरेको हो भन्यौं अनि मात्र त्यहा राखे र टांका काटी दिए ।”
श्रीमतिको उपचारका लागी आर्थिक रकम संकलन गर्न सदरमुकाम पुगेका उनले थपे –“ दिसा पिसाबको नली काटिएको थाहा पाएपछि सोध्न खोज्दा त्यहां कार्यरत हेमा छन्त्यालले आफ्नी श्रीमतिलाई हतापात गर्दै तिम्रै कारणले भएको होला हामीले केही गरेका छैनौं भनी धम्काएको र हामी केही गर्न सक्दैनौ भनी पठाएको भोलाको भनाई छ ।” पेटमा बच्चा ठूलो भएको र पानीको मात्रा कम भएकाले शल्यक्रिया गर्नुपर्छ भनेर डाक्टरहरुले भनेको थियो हामीले भर परेर शल्यक्रिया गर्यौ तर नितुको त आन्द्रा नै काटिदिए उनले दुखेसो पोखे ।
नितुको दिसापिसाब गर्ने नलि काटिए पछि भारतको बिभिन्न अस्पतालमा उपचार गराउदा हाल सम्म करिब २६ लाख रुपैयाँ सकिदा सम्म पनि सन्चो हुने नसकेको श्रीमान भोलाले बताएका छन । शल्यक्रिया गरेको आठ महिना बिती सक्दा पनि नितुको स्वास्थ्यमा कुनै सुधार नआएको उनले बताए । नितुको आईसियूमा राखेर उपचार भैरहेको छ, उनको उपचार गर्दा २६ लाख बढी सकियो, तर स्वास्थ्यमा कुनै सुधार भएको छैन, भोलाले बताए ।
भोलाले श्रीमतीको उपचार गर्दा आफुसंग भएको सबै पैसा सकिएको बताए । उनले भने –“ म संग भएको सबै पैसा सकियो, नितुको स्वास्थ्यमा सुधार आएको छैन्, अब मलाई आर्थिक कसरी संकलन गर्ने भन्ने चिन्ता लागेको छ, ।” उनले श्रीमतीको उपचारको लागी आर्थिक सहयोग गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन ।”
श्रीमतिको उपचार का लागी रकम संकलन गर्न यतिबेला उनी बागचौर नगरपालिकाको कागज बोकी सल्यान सदरमुकाममा भौतारी रहेका छन ।











प्रतिक्रिया