प्रधानन्यायाधीशको उद्घोष, ‘१ वर्ष कटेका मुद्दा हुन्नन्’



 

पोखरा, (नेस)
प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ।

मंगलबार छोरेपाटनस्थित पर्यटकीय एवम् धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आफ्नो सम्मानमा आयोजित अभिनन्दनपछि उहाँले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताउनुभयो।

उहाँको भनाइ थियो– ‘एक वर्ष म्याद काटेका मुद्दा अब कुनै पनि उच्च अदालतमा हुने छैनन्।’

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दनपत्रसहित दोसल्लाले सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्