डा. श्रेष्ठ बेलायतमा सम्मानित

0
Shares

डा. श्रेष्ठ बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदी र ह्याटफिल्ड नगरका मेयर लिन स्पार्कस्।

काठमाडौं, (नेस)
नेपालका चिकित्सक पुकारचन्द्र श्रेष्ठ नेप्लिज डक्टर्स एसोसिएसन यूकेको ३२औं वार्षिक सम्मेलनका क्रममा हालै बेलायतको विब्सटन लेक बेबफरसोरमा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको छ। डा. श्रेष्ठलाई नेपालमा अंग प्रत्यारोपणका क्षेत्रमा विगत ९ वर्षदेखि खेल्नुभएको भूमिकाका लागि सम्मानित गरिएको आयोजकहरूले जनाएको छन्। उहाँ आरोग्य प्रतिष्ठान स्थापना गरेरसमेत आफ्नो कार्यमा सक्रिय रहनुभएको छ।