ललितपुर, (नेस)
नेपाल होस्टल एसोसिएसन ललितपुरको तेस्रो साधारणसभाले सुनीता बाटाजुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नेहा ललितपुरको अध्यक्षमा सर्वसम्मत तथा निर्विरोधरूपमा पुनः बाटाजु चुनिएकी हुन्।
यसै गरी एसोसिएनको उपाध्यक्षमा सन्तोष दाहाल, सचिवमा निमा श्रेष्ठ, सहसचिवमा रमिला केसी र कोषाध्यक्षमा गीता राई निर्वाचित भए। यस्तै सदस्यहरूमा धन राई, पुकार श्रेष्ठ, देविता क्षत्री, सविता थापा, बनीता थापा र कुमार घिमिरे छन्। नेपाल होस्टल एसोसिएसनमा ललितपुरका करिब १ सय होस्टेल व्यवसायी आबद्ध रहेका छन्।











प्रतिक्रिया