वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशीकच्चा पदार्थमाआधारित उद्योग संचालन गर्नु पर्ने

0
Shares

पानी र खानीको सहि सदुपयोग नर्गदा सम्म आर्थिक सम्वृद्धि असम्भव,

यमलाल भुसाल,बुटबल ।

नेपालको वैदेशिक व्यापार घाटालाई कम गर्न स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग संचालन गरि उत्पादनमा जोड दिनु पर्नेमा पुर्व उद्योग मन्त्री सोेम प्रसाद पाण्डेले जोड दिनु भयो ।
्र
स्वदेशमा पाईने कच्चा पदार्थमा आधारित उद्योगलाई सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिदै उहाँले पानी र खानीको सहि सदुपयोग नर्गदा सम्म नेपालमा आर्थिक सम्वृद्धि हुन नसकने दावि गनु भयो ।

रुपन्देहीको त्तिलोतमा नगरपालिकामा संचालित त्तिलोतमा व्यापार संघको दोस्रो अधिवेशनवाट निर्वाचित पदाधिकारीको विहिवार पदहस्त्तान्तरण समारोहमा वोल्दै पुर्व उद्योग मन्त्री पाण्डेले नेपालमा उत्पादन नबढाउदाँ सम्म वैदेशिक घाटा कम गर्न नसकिने धाराणा राख्नु भयो ।

उहाँले नेपालको वैदेशिक व्यापार घाटा ९ अर्व ८४ करोड भन्दा बढी रहेको बताउदै यस्तो व्यापार घाटा भएको मुलुकमा आर्थिक सम्वृद्धि सम्भव नभएको स्पष्ट पार्नु भयो । पुर्व मन्त्री तथा व्यवस्थापिका संसदका सांसद समेत रहनु भएका पाण्डेले कृषि प्रधान देश भएर पनि गत आर्थिक वर्षमा भारतवाट मात्र ३४ अर्ब र यस वर्ष २४ अर्ब ९६ करोडको चामल नेपालमा आयात भएको बताउनु भयो ।
्र
व्यापार घाटा कम गर्ने रणनीति सरकारले बनाउनु पर्ने र व्यवसायीले नयाँ ढगले उत्पादन बढाउन लागि पर्नु पर्नेमा उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नु भयो ।

उहाँले उपभोग्य सामानको उत्पादन बढाउनुपर्नेमा जोड दिंदै पाण्डेले कृषि उत्पादन बढाउन सम्भव रहेको पनि औंल्याउनुभयो ।

उहाँले मोतिपुर सहित मुलुकका विभिन्न स्थानमा स्थापना गर्न लागिएका नयाँ औद्योगिक क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्ने भएता पनि पछिल्ला सरकारहरुको ध्यान त्यता कम गएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका क्षेत्रीय प्रतिनिधि टंकप्रसाद पोखरेलले सरकारपिच्छे फेरिने नीति नियमका कारण मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले दलहरुको ध्यान अव आर्थिक मुद्दाहरुमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्योगी व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणका लागि आफू दृढ र प्रतिवद्ध रहेको बताउनुभयो ।

३६ मौजा सिंचाई समितिका सभापति यज्ञ गैरेले कृषि र उद्योगको प्रवद्र्धन गर्ने हो भने मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न सकिने उल्लेख गर्नुभयो । “कृषि र उद्योगमैत्री नीतिको अभावमा यी क्षेत्रले समस्या भोग्नु परेको छ”–उहाँले भन्नुभयो ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेलले व्यवसायको प्रवद्र्धन हुन सकेमात्र उद्योगबाट उत्पादित वस्तुहरुले बजार पाउने उल्लेख गर्दै यसका लागि दलहरुमा राजनीतिक इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ, तिलोत्तमा व्यापार संघका प्रथम उपाध्यक्ष बाबुलाल भुसाल, द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णुबहादुर बराललगायतले आर्थिक क्षेत्रका समस्याबारे चर्चा गर्नुभएको थियो ।