असोज २ को महासंग्राम कांग्रेसले जित्छ : मन्त्री मन्सुर

0
Shares

शिवहरीप्रसाद भट्टराई,राजविराज ।
श्रम तथा रोजगार मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य फरमुला मन्सुरले मधेशी जनता कांग्रेसका पक्षमा रहेको दावी गर्दै तेश्रो चरणको स्थानीय तहको निर्वाचनपछि कांग्रेस पहिलो राजनितिक शक्ति वन्ने वताएका छन् ।

तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेश नं २ मा प्रचारात्मक अभियानको सिलसिलामा यहा आईपुगेका मन्त्री मनसुरले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै सो दावी गरेका हुन ।

राजगारी तथा मधेशको विकासलाई मुख्य एजेण्डा वनाएको कांग्रेसले तेश्रो चरणमा सवैलाई पछि पार्दै अग्रस्थानमा पुग्ने दवाी गर्दै उनले भने ‘संघियता, समानुपातिक र संविधान संशोधन मधेशको माग हो र यो माग कांग्रेसले मात्र सम्वोधन गर्न सक्ने भएकाले मधेशका जनताले कांग्रेसलाई नै पहिलो शक्ति वनाउने छन् ।’

एमाले प्रति निकै क्रुद्ध देखिएका उनले मधेशको समस्या समाधान गर्न एमाले प्रमुख वाधक वनेको चर्चा गर्दै चुनावमा मधेशी जनताले मतपत्र मार्फत एमालेलाई पाठ सिकाउने ठोकुवा गरे ।

मधेशको जायज माग सम्वोधन गर्न पटक पटक गरिएको प्रयास एमाले कै कारण असफल भएको वताउँदै उनले भने– संसदमा संशोधन प्रस्ताव माथि छलफलै गर्न नदिने टेवुल गर्न नदिने तथा संसदै चल्न नदिने गरेर एमालेले मधेश र प्रजातन्त्र विरोधी गतिविधिलाई निरन्तरता दिइएका कारण मधेशको जनता त्यसको जवाफ मतपत्रवाट दिने छन् ।’
मधेशको हक अधिकार र पहिचानका लागि कांग्रेस सदैव अग्र पंक्तिमा रहि भुमिका निर्वाह गरेकै कारण मधेश कांग्रेसको उदगम स्थल भएको दावी गर्दै उनले भने–मधेशको समस्या समाधान र संविधान कार्यान्वयन यी दुवै काम पनि कांग्रेसले नै पुरा गर्छ ।

एमालेले साथ नदिदा पनि संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्याउन कांग्रेस इमान्दारी पुुर्वक लागी परेको विश्वास दिलाउँदै उनले आन्दोलनरत पक्ष राजपालाई पनि चुनावमा ल्याउन र संविधानमा सवै पक्षको अपनत्व महशुस गराउन कांग्रेसले आवश्यक सवै पहल थालेको जानकारी दिए ।

एमाले नेताहरुले पटक पटक मधेश र मधेशी विरुद्ध अपमानजनक शब्द र अभिब्यक्ति दिएको उल्लेख गर्दै उनले अपमानको वदला मत पेटिका मार्फत सार्वजनिक हुने ठोकुवा गरे । मधेशी जनतासँग भोट माग्ने एमालेसँग कुनै आधार नभएको जिकिर गर्दै उनले पद र पैसाका लागि पटक पटक विभाजित हुने मधेशवादी दलले पनि मधेशी जनताको विश्वास गुमाई सकेकाले कांग्रेस नै पहिलो रोजाई वन्ने दावी गरे ।

कांग्रेसले शुरु देखिनै संविधानमा त्रुटी छ यसलाई संशोधन मार्फत सच्याउनु पर्छ भन्दै आएको दावी गर्दै उनले भने–तर एमालेको हठपना र हलो अडकाउने प्रवृत्तिले राष्ट्रको मुल समस्याले निकास पाउन सकेको छैन ।

एक अर्को प्रसंगमा उनले देशभित्र रोजगारीको अवसर नहुँदा वर्षेनी लाखौको संख्यामा युवाहरु विदेशीने क्रम वढेकोमा चिन्ता ब्यक्त गर्दै उनले वैदेशीक रोजगारलाई सुरक्षित, मर्यादित र स्वदेशमै रोजगारीको अवस्था सृजना गर्न आफुले मन्त्रालय मार्फत ठोस कार्यनीतिहरु वनाएर अघि वढने वताए ।

उनले अशोज २ मा हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचनलाई महासंग्रामको संज्ञा दिदै यसमा कांग्रेसको विजय सुनिश्चित रहेको दावी गरे । मधेशका जनता आफनो सिमाको सुरक्षा गर्न हरहमेशा तयार रहेको र त्यसको उदाहरण गत वर्ष तिलाठिमा सिमा रक्षाका लागि मधेशी जनताले रगत वगाएको प्रसंग कोटयाउदै उनले मधेशका जनतामाथि अविश्वास नगर्नन एमालेलाई सुझाव पनि दिए ।