राजधानीबाट अपहरित छात्रको उद्धार


 

काठमाडौं, (नेस)
पकनाजोलस्थित सरस्वती माविबाट अपहरणमा परेका एक बालक सकुशल फेला परेका छन्। एक हप्ताअघि स्कुलबाट अपहरणमा परेका ५ वर्षीय विशाल चौधरीलाई प्रहरीको टोलीले काँडाघारीबाट सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीको संयुक्त टोलीले चौधरीको उद्धार गरेको थियो। काँडाघारीमा रहेका चौधरीलाई सकुशल उद्धार गरिएको महाशाखाले जानकारी दिएको छ।

अपहरण कसले किन गर्यो भन्ने जानकारी प्रहरीले सार्वजनिक गरेको छैन। यूकेजीमा अध्ययनरत चौधरीलाई स्कुलबाट अपहरणकारीले अपहरण गरेर स्कुटरमा राखी लगेको स्थानीयले देखे पनि चौधरीलाई उद्धार गर्न भने प्रहरीलाई झन्डै एक हप्ता लागेको थियो।