नेसनल कलेजले ओपन डे मनायो

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
बालुवाटारस्थित नेसनल कलेजले ओपन डे मनाएको छ। कलेजले नयाँ विद्यार्थी तथा अभिभावकका लागि सोमबार कलेजका सबै गतिविधि खुला गरेको हो।
कार्यक्रममा कलेजका सबै एकेडेमिक, संकाय तथा तीनका सदस्य, विद्यार्थी समूह, कलेजमा आयोजना हुने कार्यक्रम आदिको बारेमा जानकारी दिइएको थियो। कलेज डे केलजका सबै अभिभावक तथा नवआगन्तुक विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कलेज डे हाम्रो करिकुलम, विद्यार्थीको सहभागिता, संकाय सदस्यको दक्षता देखाउने पर्व हो। सोमबार हाम्रा विद्यार्थीको सिर्जना, क्षमता तथा उनीहरुको लगाव देख्न पाइयो।’ यहाँ पढ्ने उत्कृष्ट विद्यार्थी उनीहरुको दक्षता, सफलता तथा उनीहरुले गर्ने मौखिक विज्ञापन नै कलेजको सम्पत्ति रहेको उहाँको दाबी छ।

सो अवसरमा ४ सयभन्दा बढी विद्यार्थीले कलेजको भ्रमण गरेको कलेजले दाबी गरेको छ। ‘ओपन डे’ मा कलेजमा अध्ययनरत विद्यार्थीले एकेडेमिक सूचना, नमुना परीक्षा, फुड स्टल, कलेजका कार्यक्रम, कलेज तथा विद्यार्थीका सहभागिता झल्काउने स्टलहरु राखिएको थियो। कलेज डे नेसनल कलेजले हरेक वर्ष आयोजना गर्दै आएको छ।

सन् १९९६ मा स्थापित नेसनल कलेजले खोजमा आधारित विभिन्न विषय विद्यार्थीमाझ ल्याएको छ। कलेजमा स्नातकतर्फ डेभलपमेन्ट स्टडिज, डेभलपमेन्ट फाइनान्स तथा सोसल साइन्स विषयमा अध्यापन हुन्छ। कजेलमा हाल ४ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरेको कलेजले जनाएको छ।