ओइस्का इन्टरनेसनल नेपाल च्याप्टरद्वारा बृक्षारोपण

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
ओइस्का इन्टरनेसनल नेपाल च्याप्टरको आयोजनामा ललितपुरको फुलचोकी मनकामना मन्दिर नजिक गत शनिबार बृक्षारोपण कार्य सम्पन्न भएको छ। उल्लासपुर्ण वातावरणमा सम्पन्न सो कार्यक्रमको सभापतित्व रत्नमान चित्रकारले गर्नुभएको थियो।

संस्थाका निबर्तमान अध्यक्ष निलकृष्ण ताम्राकारको साथ साथै धेरै समाजसेवीहरूको पनि उपस्थित रहेको सो कार्यक्रमको जुजुकाजी तन्दुकारले उद्घोषण गर्नुभएको थियो। गायक जितेन्द्र नकर्मीको सुमुधुर स्वरले सांगीतिक हिसाबले पनि कार्यक्रममा रौनक थपिएको थियो। कार्यक्रमको अन्त्यमा सुश्री किरणले ध्यानको महत्वका बारेमा प्रकाश पार्दै सबैलाई केही समय ध्यान गराउनुभएको थियो।