नेपाल भाषा तथा लिपि प्रशिक्षण शुरू

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल भाषा तथा लिपि प्रशिक्षणको कार्यक्रम आइतबार उद्घाटन भएको छ।
वडा नम्बर २१ स्थित दलाछी परिवार क्लबले सो प्रशिक्षणको कार्यक्रम आयोजना गरेको हो। क्लबले नेपाल भाषा र लिपि लोप हुँदै जान लागेकाले यसको उत्थानका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दियो।

एक महिनासम्म सञ्चालन हुने नेपाल भाषा तथा लिपि प्रशिक्षणको उद्घाटन वडा अध्यक्ष उदय चुडामणि वज्राचार्यले गर्नुभयो। वज्राचार्यले यस्तो कार्यक्रमले नेपालमा नेपाल भाषाको विकासमा टेवा मिल्ने तथा घरदेखि नै नेपाल भाषा बोल्नुपर्ने पनि बताउनुभयो।

यस्तै नेपाल भाषा तथा लिपिका प्रशिक्षक मदनमणि वज्राचार्यले भाषा सिक्न त्यति कठिन नहुने बताउनुभयो। वज्राचार्यले एक महिनामा सिक्दा नेपाल भाषामा अक्षर लेख्न सकिने पनि बताउनुभएको थियो।

यसै गरी नेवा बस्ती नेवाः स्कुल अभियानका अभियन्ता दीपक तुलाधर र भाषासेवी विश्वनाथ श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।