पूर्वराजा अस्पताल भर्ना

0
Shares

 

काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि बुधबार बिहान अस्पताल भर्ना हुनुभएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्रको मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक किशोरजंग राणाको टोलीले मुटुको एन्जियोप्लास्टिक गरिएको थियो।

पूर्वराजा ज्ञानेन्द्रका प्रमुख संवाद सचिव फणिराज पाठकका अनुसार चिकित्सकको टोलीले कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसा अवरुद्ध भएको पाएपछि एन्जियोप्लास्टिक गरिएको हो। उहाँ अहिले सामान्य अवस्थामा रहनुभए पनि चिकित्सकले केही दिन अस्पतालमा रहनुपर्ने बताएपछि उहाँ केही दिन अस्पतालमा नै रहनुहुने भएको छ।