बाबुछोरी एउटै पासोमा



 

हेटौंडा, (नेस)
उत्तरी मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुलगाउँमा बाबुछोरीले एउटै पासोमा आत्महत्या गरेका छन्। काठमाडौंबाट केही दिनअघि मात्र आएका गोविन्द बलामीले आइतबार राति करिब ९ बजे ४ वर्षीया छोरी रशितासहित आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका हवल्दार शिवराज सुवेदीले बताउनुभयो। गोविन्दका आमाबुबा र बहिनी सुतेपछि पासो लगाइएको थियो।

करिब २६ वर्षीय बाबु र छोरीले सुत्ने कोठामा एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ। गोविन्दकी पत्नीले पनि करिब २ वर्षअघि आत्महत्या गरेको स्थानीयले बताएका छन्। बलामी पेसाले चालक हुन्।

प्रतिक्रिया दिनुहोस्