रानीबारी हत्याकाण्डका दोषीलाई जन्मकैद



 

काठमाडौं, (नेस)
जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका अभियुक्तहरू मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले बुधबार सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।

२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो।

श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरुङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो। अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन्।

 

प्रतिक्रिया दिनुहोस्