बोस्टन, (एजेन्सी)
हार्भर्ड युनिभर्सिटीले गरेको एक शोधले सन २०२५ सम्ममा भारतको ७ दशमलव ७ प्रतिशतको वार्षिक वृद्धिदरले चीनको अर्थ व्यवस्थालाई पछाडि पार्ने देखाएको छ।
हार्भर्ड युनिभर्सिटीको सेन्टर फर इन्टरनेसनल डेभलपमेन्ट (सीआईडी) ले सन २०२५ सम्ममा सबैभन्दा तीव्र विकास गर्ने अर्थव्यवस्थाहरूको सूचीमा भारतलाई सबैभन्दा माथि राखेको छ। यो अवधिसम्ममा चीनको वार्षिक वृद्धिदर ४ दशमलव ४१ प्रतिशतसम्म रहने सम्भावना उल्लेख गरिएको छ। भारतको भन्दा बढी एकमा अर्को राष्ट्र युगान्डाको आर्थिक वृद्धि ७ दशमलव ७३ रहनेछ।
सीआईडीको प्रतिवेदनमा केही वर्षमा विश्वव्यापी वृद्धिको मामिलामा भारत लगातार अगाडि बढिरहेकाले विश्व आर्थिक विकासको धुरी चीनबाट खस्केर भारततर्फ बढिरहेको उल्लेख गरेको छ।
भारतले निर्यातलाई नयाँ क्षेत्रसम्म विस्तार गर्दै नयाँ आयाम दिएको रिसर्चले जनाएको छ। यसमा रसायन, सवारी साधन र इलेक्ट्रोनिक्स जस्ता नयाँ क्षेत्र समावेश छ।
अर्कोतर्फ तेल निर्यातमा आधारित अर्थव्यवस्थाहरूले व्यापक नोक्सान बेहोर्नुपरेको पनि उल्लेख छ। प्रतिवेदनमा भारतलगायत टर्की, युगान्डा, इन्डोनेसिया र बुल्गेरियाको अर्थव्यवस्था तीव्र बढ्ने अपेक्षा गरिएको छ। आगामी १० वर्षमा पाकिस्तानको वार्षिक वृद्धिदरमा पनि उल्लेखनीय तीव्रता रहने अपेक्षा गरिएको छ। अनुसन्धानले सन् २०२५ सम्म पाकिस्तान ६ प्रतिशत वार्षिक वृद्धिदरले चीनलाई पछाडि पार्ने देखाएको छ।
यद्यपि चीन र पाकिस्तानको अर्थव्यवस्थामा अत्यन्त धेरै फरक छ। हाल चीनको अर्थव्यवस्था १२० अर्ब डलर छ भने पाकिस्तानको अर्थव्यवस्था अहिले ३ सय अर्ब डलर रहेको छ। सेन्टर फर इन्टरनेसनल डेभलपमेन्टले आफ्नो अनुसन्धानका लागि सबै देशलाई तीन प्रमुख श्रेणीमा विभाजन गरेको छ। पहिलो श्रेणीमा केही सुधारबाट आफ्नो उत्पादनमा विविधता ल्याउन सक्ने देश छन् जसमा बंगलादेश, इक्वेडर, गायनाजस्ता देशहरू छन।
पर्याप्त क्षमता र त्यसको सम्भावना रहेका देश जसले त्यसबाट सजिलै आर्थिक वृद्धि तथा विविधता हासिल गर्न सक्छ, उनीहरूलाई दोस्रो श्रेणीमा राखिएको छ। यसमा भारत, इन्डोनेसिया, टर्कीजस्ता देशहरू पर्छन्। तेस्रो श्रेणीमा जापान, जर्मनी, अमेरिकाजस्ता विकसित देश पर्छन्। ती देशले करिब करिब सबै वस्तुहरूको उत्पादन गर्छ। यो श्रेणीका देशहरूको अर्थव्यवस्था मन्द गतिले बढेको हुन्छ।











प्रतिक्रिया