प्युठानका जनप्रतिनिधिहरुले भने, ‘जनताको भावना अनुसार काम गर्छौं’

0
Shares

प्युठान,(नेस) ।
जिल्लाका नवनिर्बाचित जनप्रतिनिधिले जिल्लाको बिकासका लागि एकताबद्ध भएर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन।

नेपाल पत्रकार महासंघ प्युठानले शनिबार होटल आयुष्मा जुम्रीमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उनिहरुले आफू निर्वाचित स्थानियतहलाइ नमुना बनाउदै जनताको भावना वमोजिम काम गर्ने प्रतिबद्धता जनाए। बिकासका लागि आफुहरुमा अझै धेरै चुनौतिको भार थपिएको भन्दै उनिहरुले सबैको सहयोग र सहकार्यको आश गरे।

नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिती प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महासंघ उपाध्यक्ष एलवि थापाले स्वागत गरेका थिए । सचिव विजयसिंह भारतीले कार्यक्रमको संचालन गरे

जिल्लाका विभिन्न सरकारी तथा गैससका संघ संस्थाका प्रमुख तथा प्रतिनिधी पत्रकार लगायतको उपस्थितीमा कार्यक्रम सकिएको हो। नया संरचना अनुसार जिल्लामा दुइ नगरपालिका सहित नौ स्थानिय तह रहेका छन।