गुल्मी जिल्लाका ३ वडामा एमाले र २ वडामा कांग्रेस बिजयी, १ स्थानिय तहमा अझै मतगणना हुन सकेन



अनिल खत्री,गुल्मी ।
गुल्मीमा दुई नगरपालीका सहित नौ गाउँपालीकामा मतगणना शुरु भएको छ । अहिले सम्म जिल्लाका दुई गाउँपालिकाका चार वडाकोे नतिजा सार्वजनिक भएको छ ।

गएरातीदेखि मतगणना शुरु गरिएको रुरु गाउँपालिका १ मा एमाले वडाअध्यक्ष रामलाल विक सहित सवै प्यानल बिजय भएको छ ।

गुल्मी दरवार गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका राम बहादुर पल्ली सहितको प्यानल विजयी भएको छ । त्यस्तै चन्द्रकोट १ मा गोविन्द बलाल सहितको एमालेको प्यानलनै बिजयी भएको छ ।

गुल्मी दरबार गाउँपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका टोप बहादुर बस्नेतको प्यानल विजयी बनेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिका ३ मा किरण शाह सहित नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार गुल्मीको रेसुंगा नगरपालीका र गुल्मी दरवार गाउँपालीकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

भने रुरु र छत्रकोट गाउँपालीकामा नेकपा एमालेले अग्रता लिएको छ । चन्द्रकोट गाउँपालीकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ ।

मदाने र कालीगण्डकी गाउँपालीकामा भने विवादका कारण अझै मतगणना शुरु भएको छैन । गुल्मीमा रहेका १२ वटा स्थानिय तह मध्ये १ स्थानिय तहमा मतगणना हुन सकेको छैन् ।

मदाने गाउँपालिकामा मतदानको क्रममा कार्यकर्ताबिच भएको बिवादले मतगणना प्रभावित भएको छ । मतगणना गर्ने बारे छलफल

प्रतिक्रिया दिनुहोस्