सेना परिचालन गर्न स्वीकृति



 

काठमाडौं, (नेस)
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति प्रदान गर्नुभएको छ।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत बिहीबारको निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

असार १४ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्