शौर्य प्रणालीबाहिर १०औं ग्रह हुनसक्ने संकेत

0
Shares

 

एरिजोना, (एजेन्सी)
खगोलशास्त्रीहरूले शौर्य प्रणालीभन्दा बाहिर एउटा अदृश्य पिण्ड झुण्डिएको हुनसक्ने संकेत फेला पारेको बताएका छन्। तर, उनीहरूले प्लोनेट नाइन, प्लानेट एक्स वा निबुरु जस्ता यसअघि परिकल्पना गरिएका धर्तीका बारेमा कुरा गरेका होइनन्। यो १०औं ग्रहको संकेत हो।

कुइपर बेल्टको सबैभन्दा दूरीमा रहेको उक्त ग्रहको कक्ष औसत सतहभन्दा ८ डिग्री झुकाव भएको उनीहरूको विश्लेषणले इंगित गरेको युनिभर्सिटी अफ एरिजोनाको लुनार एन्ड प्लानेटरी लेबोरोटरीका केट भोल्क र रेनु मल्होत्राले बताएका छन्। ‘हाम्रो नजिताको विश्लेषणले त्यहा केही अदृश्य पिण्ड छ भने देखाएको छ’, भोल्कले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ– ‘हाम्रो गणितअनुसार हामीले गरेको मापनसँग दुरुस्त हुनका लागि त्यहाँ मंगल ग्रह जत्रो केही हुनु आवश्यक छ।’

एस्ट्रोनोमिकल जर्नलमा प्रकाशित हुन लागेको एक शोधपत्रमा भोल्क र मल्होत्राले ६० एस्ट्रोनोमिकल युनिट (एयू) दूरीमा रहेको मंगल ग्रह जत्रो पिण्डले मात्र कक्षीय सन्तुलनको व्याख्या हुनसक्ने बताएका छन्। पृथ्वी र सूर्यको दूरीलाई १ एयू मानिन्छ र कुइपर बेल्ट ३० देखि ८० एयूसम्म विस्तार छ।

गुरुत्व सन्तुलनको हिसाब ५० देखि ८० एयू दूरीमा रहेका पिण्डहरूबाट समायोजन गर्ने क्रममा उक्त नयाँ ग्रहको अवधारणा उक्त शोधमा प्रस्ताव गरिएको हो।

गतवर्ष खगोलशास्त्रीहरूको एउटा अर्को टोलीले प्लानेट नाइन भन्ने गरिएको धर्तीको अस्तित्व रहेको सिद्धान्त अगाडि सारेका थिए। उनीहरूले ग्रह तथा त्यस क्षेत्रका आकाशीय वलयहरूको चालको विश्लेषणका आधारमा उक्त धारणा दिएका हुन्। उक्त पिण्ड २ सय एयू दूरीभन्दा नजिक हुन नसक्ने हिसाबको दूरीमा रहेको उनीहरूको दाबी थियो।

प्लानेट नाइन अस्तित्वमा रहेको प्रस्तावपछि खगोलशास्त्रीहरू यसको खोजीमा लागेका छन् तर अहिलेसम्म फेला पार्न सकेका छैनन्। भोल्क र मल्होत्राले उनीहरूको उक्त रहस्यमय पिण्ड यदि ग्यालेटिक सतहमा रहेको हो भने त्यसलाई फेला पार्न कठिन हुन सक्ने बताउँछन्। त्यो क्षेत्र ताराहरूको बाक्लो उपस्थितिले नक्षत्र अवलोकनकर्ताहरू सजिलै चुक्न सक्ने उनीहरूले बताए।