पाँचथरमा १ हजार २ सय उम्मेदवार मैदानमा

0
Shares

 

गणेश साम्पाङ, पाँचथर
आसन्न स्थानीय तहको निर्वाचनमा पाँचथरबाट ३ सय १६ पदका लागि १ हजार २ सय ४८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्।

मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार श्रेष्ठका अनुसार १ नगरपालिका ७ गाउँपालिकाका विभिन्न पदका लागि सो १ हजार २ सय ७० जनाको उम्मेदवारी परेको भए पनि २२ जनाले भने आफ्नो नाम फिर्ता लिएका छन्।

अधिकृत श्रेष्ठकाअनुसार अध्यक्ष वा मेयरका लागि ४५ पुरुष २ महिला गरी ४७ जना उपाध्यक्षका लागि १० पुरुष ३२ महिला गरी ४२, वडा अध्यक्षका लागि २ सय ५६ पुरुष ७ महिला गरी ६३ जना खुल्ला वडा सदस्यमा ४ सय ५९ पुरुष १७ महिला गरी ४ सय ४७, महिला सदस्यमा २ सय ३१ र दलित महिला सदस्यमा १ सय ८९ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ।

कार्यालयका अनुसार सबभन्दा बढी फिदिम नगरपालिकामा ३ सय १७ जनाले र सबभन्दा कम तुम्बेवा गाउँपालिकामा ८८ जना चुनावी मैदानमा उत्रेका छन्।

जिल्लामा कूल १ लाख १६ हजार ६ सय २८ मतदाता १ सय मतदान स्थल र १ सय ५६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ।

असार १४ गते हुने निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको सबै मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मी निर्वाचनका लागि चाहिने सबै सामाग्री शनिबार सम्ममा पुगिसकेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो।