पाकिस्तानी क्रिकेटर करोडपति बन्दै

0
Shares

 

इस्लामावाद, (एजेन्सी)
भारतलाई आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा हराएर पहिलोपटक सो प्रतियोगितामा च्याम्पियन बनेको पाकिस्तानका खेलाडीमाथि पैसा बर्सिरहेको छ।

भारतलाई हराएपछि पाकिस्तानका क्रिकेटरहरु रातारात करोडपति बनेका छन्। पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विजेता टोलीका प्रत्येक सदस्यलाई एक–एक करोड दिने घोषणा गरेका छन्। पाकिस्तानी क्रिकेट बार्ड (पीसीबी) का अध्यक्ष शहरयार खानले पनि प्रत्येक सदस्यलाई १०–१० लाख दिने घोषणा गरे। यस्तै जो खेलाडी बोर्डको केन्द्रीय अनुबन्धमा सामेल छन्, उनीहरुलाई २ करोड ९० लाख रुपियाँ बोनसका रूपमा दिने घोषणा गरिएको छ।