फास्टट्रइकको बाटो खुल्यो



काठमाडौं, (नेस)
सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि कार्यविधि अनुमोदन गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो।

द्रुतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुने गरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। स्वदेशी लगानीमै सम्पन्न गर्ने गरी सरकारले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ।

त्यस्तै सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त पनि गरेको छ। त्यसै गरी न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गरिएको छ।

बैठकले एसियाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्वीकृति पनि दिएको छ। अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल नै बनाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्