दुर्घटनामा एकको मृत्यु


 

इटहरी, ७ असार । इटहरी उपमहानगरपालिका २० बरगाछीमा रोकी राखेको कारमा मोटरसाइकल अनियन्त्रित भई ठोक्ँिकदा आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

धरानबाट इटहरीतिर आउँदै गरेको को ८ प ४९५९ नम्बरको मोटरसाइकल बा ८ च १८५ नम्बरको कारमा ठोक्किदा मोटरसाइकल चालक सुनसरी रामधुनी–८ का २५ वर्षीय पुरुषोत्तम अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्रहरी चौकी तरहराले आफ्नै सवारी साधनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस