युवती बनिन सामुहिक बलात्कारको सिकार


नेपाल समाचारपत्र, प्युठान । प्युठानको सरुमारानि गाउँ पालिका ३ की एक २७ वर्षिया युवती सामुहिक बलात्कारको शिकार भएकी छिन् । स्थानीय गन बहादुर गुरुङ, युग बहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले बलात्कार गरेको पीडित युवतिले बताएकी छन् । आफु माथी दिनहुं जबरजस्ती हुन थालेपछी पिडितले कामको सिलसिलामा भारत रहेका आफ्ना श्रीमानलाइ फोन गरि बताएपछि घट्नाको खुलासा भएको हो।

यहि जेठ १५ गते रातको नौ दस बजेको समयमा पानी खाने निहुंमा घरभित्र पसि ढोका थुनेर ती युवाले पालैपालो बलात्कार गरेको पीडितको भनाइ छ । पिडितले उजुरी गरेपछी बलात्कारका आरोपी गन बहादुरलार्इ पक्राउ गरि बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको इन्सपेक्टर बद्री ढकालले जानकारी दिए। बलात्कारी अन्य दुइ जना घटनापछि फरार छन् ।

पीडित युवतिले नजिकको अस्थायी प्रहरी कार्यालय बड्डांडामा मंगलबार मात्र किटानी जाहेरी दिएकी थिइन । उनिहरुले यो घट्ना बाहिर ल्याए जे पनि हुन सक्ने धम्की दिई लगातार ५ दिन सम्म घर मै आइ बलात्कार गरेको पीडितको भनाइ छ ।